१९ कार्तिक २०८३, बिहिबार

संसद् बैठक ३ बजेसम्मका लागि स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansad

काठमाडौँ, २९ असार । व्यवस्थापिका–संसद्को पूर्वनिर्धारित बैठक आजै ३ बजेसम्मका लागि स्थगित भएको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारण जनाउँदै व्यवस्थापिका–संसद् सचिवालयले बैठक स्थगित गरेको हो ।

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन मङ्गलबार फिर्ता लिएपछि नयाँ सरकार गठनका लागि नयाँ जोड घटाउको प्रभाव सदनको बैठकमा देखिएको छ । आजै नयाँ बानेश्वरस्थित सदनभवनमा नयाँ परिस्थितिको विश्लेषण गर्न नेका संसदीय दलको बैठक बसेको थियो ।

यसैगरी माओवादी केन्द्रको पनि संसदीय दलको बैठक अहिले जारी रहेको छ । रासस