१९ कार्तिक २०८३, बिहिबार

छोरीलाई जन्म दिनु नै पाप हो त ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rape

– बसन्त खड्का

एउटा देश राष्ट्र समाज कति निर्दयि हुदो रहेछ । घरमा जन्मेकी लक्ष्मीलाई हुदा हुदै खाल्डोमा गाड्ने काम विकासोन्मुख भन्दा पनि अलि हामि ठूलै हौ भन्ने राष्ट्रले यस्ता मानव रुपि नभएर दानव रुपि अमानविय क्रियाकलाप गर्ने गराउने गर्छन् वाहिरबाट हेर्दा हिरा मोति झै चमक हुने र आत्म तन मन भने वर्षातको धमिलो पानी जस्तो हुने गरेको छ । यी यस्ता घटना हाम्रो देशको छिमेकि राष्ट्र भारतको हो । जहाँ कि छोरीको नाम लिन चाहादैनन् । छोरीको जन्म भयो भने त्यसलाई तत्कालै खाल्डोमा गाड्ने प्रचलन रहेको छ । मैले सुनेको यो घटना महाराष्ट्रको हो जहाँ कि छोरी गर्भमा छ भने भुर्णमै हत्या गरिन्छ । छोरीलाई खाल्डोमा गाडिन्छ । यदि भूर्णमा हत्या हुन सकेन भने छोरी जन्मे पछि कोहिले जँगलमा त कोहिले रेल स्टेसनमा छोडेका हुन्छन् ।

यस्तै घटना भारतको राजस्थानमा देखे जहाँ ५ दिन भएकी छोरीलाई आमाले रेललिगमा छोडेर ५० डिग्रीको तापक्रममा छोरीलाई छोडेकि थिइन् । यि यस्ता निर्दयि र कुरुति कुसँस्कार भारतमा अझैसम्म व्यापत रहेको पाइन्छ । के यो धर्तिमा छोरीले जन्म लिएर आउनु हुन्न र ? यि कोपिलाहरुको के नै दोष हुन्छ होला । एउटा आमाको चार चार वटा छोरी रेल स्टेसनमा छोडेर यो समाजको कति निर्दयि स्वभाव छ होला यि घटना प्राय महाराष्ट्र राजस्थान जयपूरमा बढि घटने गरेका छन् । यिनै देशमा हुन्छ दिन ढाडै छोरीहरुलाई सार्वजनिक क्षेत्रमा वलात्कार,भारतमा बलात्कारका घटनाहरु धेरै हुने गरेको पछिल्लो अध्यननले देखाएको थियो । तर पछिललो समयमा ब्राजिलमा भएको एक ग्याँगरेपले विश्वभरका आम मानिसहरुलाई आश्चर्यमा पारेको छ । यि मानिस यतिसम्म पनि कसरी हिस्रक हुन सक्छ त यो घटनाले सबैको शरीरमा काडा उमारेको छ । ब्राजिलको रियो द जेनेरियोमा एक १६ वर्षे बालिकालाई ३३ जना पुरुषहरुले लगातार ३६ घण्टासम्म बलात्कार गरेका छन् ।

विश्वभरि महिलाहरु वलात्कारका र यौनजन्य हिँसाका दिनानु दिन सिकार वनिरहेका छन् । महिलाहरुले भोग्नु परेका समस्याहरु दर्दनाक रहेका छन् पिडा कति हुन्छ पिडकलाई भन्दा पिडितलाई थाहा हुन्छ । छोरीको जात कस्तो हो यो जन्म दिने आमालाई थाहा हुन्छ । यहाँ त कहि कतै उहि आमाले छोरी भएको पनि सहन गर्न सक्दैन् समाजले त कता बाट सहन गर्न सकोस घरमा छोरा भए भने भोज भतेर गरेर समाजलाई खुसियाली छाउने छोरी भयो भने गर्भमै मार्ने र जन्मेपछि खाल्डोमा गाड्ने यो का सम्मको अपराध हो कुनै कुन्ौ समाजमा त जन्माउने आमालाई समेत यातनामय जीवन विताइरहेका हुन्छन् । यि समस्या हाम्रो देश नेपाल देखि विकसित भनिएका देशहरुमा सबै भन्दा वढि अहिलेसम्म जडो गाडेको भनेको यहि समस्या हो । कहि कतै छोरी बहिनीलाई एक्लै बाटोमा हिडेको देख्नु हुदैन त्यहाँ बलात्कार वनिएको हुन्छ छोरी नै भएन भने कसरी समाजको विकास हुन्छ होला त ?

यता नेपालमा भने छोरी बहिनीहरुलाई दिन ढाडै बेच्ने काम चलिरहेको छ । बलात्कार भइरहेका छन् । आफनै घरबाट छोरीहरु सुरक्षित हुन सकेका छैनन् । कहि बेचविखन त कहि बलात्कारका घटना दिन प्रतिदिन सँञ्चारमाध्यममा छाउने गरेका छन् तर अझै रोकिएको छैन् हाम दिदीबहिनी बेचिन इतिहासकार भन्छन् । राणाकालमा नेपालले युवति वेच्ने भोटसँग अनौपचारिक वार्ता गरेको थियो । त्यतिबेला भोटले नेपाललाई नुन र सुन दिन्थ्यो नेपालले भोटलाई छोरी दिनथ्यो । राणाकालमा यस्तो लाज मर्दो इतिहास बन्यो । जव नेपाल र भोटविच युद्ध चल्यो त्यसपछि भोटसँगको सम्झौता नेपालले खारेज गरेको थियो । नेपाली शासकका दलालहरुले छोरीलाई बेच्न छाडेनन् । बरु दुध परिवर्तन भयो भोटको सट्टा भारतमा नेपाली छोरीहरुलाई फकाई फूलाई भारतको कोठीहरुमा धमाधम बेच्न थाले । यिनै शासकका मुखिया थिए । जसले भारतिय कोठिमा नेपाली चेलि बेच्न छाडेनन् । जसले यो श्रृखला अझैसम्म रोकिएको छैन् । छोरीहरुको व्यापार व्यवसाय अन्र्तराष्ट्रिय सँगठन प्रतिवेदन प्रतिवर्ष १२ हजार मानव बेचविखनमा तथा ओसार पसारका सिकार वनेका छन् । अहिलेका तथ्याङक अनुसार महिलाहरु विश्वभरि नै व्यापार व्यवसायमा परिणत गराएका छन् । विश्वमा सबैभन्दा वढि वेचविखन तथा ओसार पसार अन्य मुलुक भन्दा दक्षिण एसियामा ज्याजति बनेको पाइन्छ ।