
– विमल योगी
काठमाडौं, २८ असार । नेकपा माओवादी केन्द्रले सरकार छाड्नुको कारणबारे पत्ररका सम्मेलनमार्फत जानकारी गराएको छ ।
आज विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा सरकारबाट समर्थन फिर्ता लिने निर्णयलगत्तै सिंहदरबारमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका नेता कृष्ण महराले वर्तमान सरकारले एमाले र माओवादीबीच भएको ९ बुँदे सहमति र तीन बुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएका कारण आफूहरु सरकार छाड्न बाध्य भएको जानकारी दिए ।
उनले भने– ‘नेकपा एमाले र माओवादीबीच भएको ९ बुँदे र भद्र सहमति कार्यान्वयन गर्न प्रधामन्त्रीले मानेनन् । त्यो नहुँदा संविधान कार्यान्वयन, भूकम्पपछि पुनर्स्थापना, मधेसवादी दलका मागहरु पूरा नहुने देखिएकाले हामीले सरकार छाड्यौ । यी कार्यहरु पूरा गर्न अध्यक्ष प्रचण्डको नयाँ सरकारको पहल आजैबाट सुरु गरेका छौं ।’
पत्रकार सम्मेलनमा महराले नेपाली कांग्रेससँग मिलेर माओवादीले नयाँ सरकार निर्माण गर्ने बताए । ‘कांग्रेस लगायत अरु दललाई मिलाएर लैजान्छौं,’ उनले भने ।
यस्तो छ माओवादीले सरकार छाड्नुको कारणः (पत्रमा हेर्नुस्)













प्रतिक्रिया