भक्तपुर, २८ असार । भक्तपुरमा जुवा खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्यविनायक नगरपालिका–८ कटुञ्जेमा होटल संचालन गरी बस्ने रामेछापकी ३५ वर्षीया ईश्वरी लामासहित ८ जनालाई प्रहरीले सोमबार नगद ४० हजार ३० रुपैयाँ तथा १५ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया