– मोहन विष्ट
महेन्द्रनगर, २८ असार । कञ्चनपुरको एक सामुदायिक वनका अध्यक्ष र सचिवलाई जिल्ला आदालत कञ्चनपुरले एक–एक बर्ष कैद सजाय फैसला गरेको छ ।
भीमदत्त नगरपालिका ७ हल्दुखालमा स्थित रहेको सिद्ध सामुदायिक वनका अध्यक्ष कर्ण बहादुर धानुक र सचिव रंगी बोहरालाई एक–एक बर्ष कैद सजायको फैसला गरेको हो ।
दुई बर्ष जिल्ला वन कार्यालय कञ्चनपुरले बिना इजाजत वन पैदावार कटानी ओसार पसार बिरुद्धमा सामुदायिक वनका अध्यक्ष धानुक, सचिव बोहरा सहित १५ जना पदाधिकारीका नाममा आदालतमा मुद्दा दायर गरेको थियो ।
आइतबार जिल्ला आदालत कञ्चनपुरका मुख्य न्यायधिश दिवाकर भट्टको एकल इजलासले सामुदायिक वनका अध्यक्ष धानुक र सचिव बोहरालाई दोसी भएको ठहर गर्दै एक बर्ष कैद र अन्य १३ जना पदाधिकारीले सफाई पाएका छन् ।
जिल्ला आदालत कञ्चनपुरका सूचना अधिकारी अम्बादत्त भट्टले वन ऐन २०४९ को दफा ४९ को घ, ङ, र छ विपरितको कसुर गरेको पुष्टी भएकाले उनीहरुलाई जनही एक–एक बर्ष कैद फैसला गरिएको बताउनुभयो ।
सूचना अधिकारी भट्टका अनुसार अन्य १३ जना ठोसी ठहर नभएकाले उनीहरुले सफाई पाएका छन् । ‘नोक्सानी विवरण एकिन नहुँदा नगद जरिवाना भएन्,’ उनले भने ‘अन्य पदाधिकारीले फैसला पाए ।’
सामुदायिक वनका अध्यक्ष सहित पदाधिकारीहरुको मिलोमतोमा वन फडानी वन पैदावार बस्तु ओसार पसार गरेको भन्दै बनले विस २०७१ असार २२ मा जिल्ला आदालतमा मुद्दा दायर गरेको ठिक दुई बर्षपछि आदालतले यस्तो फैसला गरेको छ ।













प्रतिक्रिया