१९ कार्तिक २०८३, बिहिबार

एमालेले बोलायो आकस्मिक स्थायी समिति बैठक, यस्ता छन् ओलीका तीन विकल्प

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli

काठमाडौँ, २८ असार । माओवादीले केन्द्रले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आकस्मिक बैठक बोलाएको हो ।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी समितिको आकस्मिक बैठक बोलाउनुभएको हो । बैठकले सरकार र एमालेको आगामी रणनीतिको बारेमा निर्णय लिने एमालेका केन्द्रीय सचिव पृथ्बीसुब्बा गुरुङले दैनिक नेपाललाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीका तीन विकल्प

संविधान घोषणा भइसकेको बनेको यो संक्रमणकालिन सरकार हो । संक्रमणकालिन सरकार भएका कारण सत्ता साझेदार दलले राजीनामा दिँदा सरकारको वैधानिकता के भन्ने विषयमा स्पष्ट नभएको एमाले नेताहरु बताउँछन् ।

मुलतः प्रधानमन्त्रीसँग तीन वटा विकल्प देखिएका छन् । पहिलो- संसदबाट आवश्यक बहमुत पु¥याएर सरकारलाई निरन्तरता दिने, दोस्रो- संसद भंग गर्ने तथा तेस्रो- प्रधानमन्त्रीले राजीनामा गरेर नयाँ सरकार निर्माणका लागि नयाँ कोर्ष सुरु गर्ने भन्ने तीन वटा विकल्पमा एमालेले आवश्यक निर्णय बताइएको छ ।
यो पनि पढ्नुस् :
माओवादीले समर्थन फिर्ता लिए पनि सरकार ढल्दैन: एमाले