१९ कार्तिक २०८३, बिहिबार

बैतडीमा पहिरोले एक घर पुरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

बैतडी, २८ असार । लगातारको वर्षासँगै आएको पहिरोले बैतडीको ढुङ्गाडमा सोमबार बेलुका एक घर पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार ढुङ्गाड–८ स्थानीय कटे देउकाको घर पुरिएको हो । घरमाथिबाट आएको पहिरो र ढुङ्गाले घर नष्ट गर्दा एक गाई र एक हल गोरु मरेका छन् ।

उहाँले भन्नुभयो “घरभित्र रहेको अन्नपात, भाँडाकुँडा र लत्ताकपडा सबै नष्ट भएका छन्” । घटनाबारे थप जानकारी लिनका प्रहरी चौकी गाँजरीबाट आज बिहान प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

घर पूर्णरुपमा क्षतिग्रस्त भएको भएपनि घरका मानिस बाहिर भएकाले मानवीय क्षति भने नभएको बताइएको छ । रासस