काठमाडौँ, २७ असार । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज चार मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालका लागि सर्बियाका नवनियुक्त राजदूत भ्लादिमिर मारिस, ग्रिसका राजदूत पानोस कालागेरोपाउलो, आयरल्यान्डका राजदूत ब्रिन म्याक्इआइडफ र मालीका राजदूत नियानकोरो याह सामाकेले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो । रासस













प्रतिक्रिया