१९ कार्तिक २०८३, बिहिबार

बाजुरा जिल्ला अदालतमा मुद्धा दर्तामा बृद्धि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bajura

– भोबिन्द्र शाह

बाजुरा, २७ असार । नागरिक चेतनाका कारण बाजुरा जिल्ला अदालतमा मुद्धाहरुमा बढ्त्तरी भएको जिल्ला न्यायाधीश सोमदत्त पौडेले बताएका छन ।

गत आबमा जम्मा ४९ थान मुद्धाको लगत भएकोमा ३९ थान फैसाला भइ १० थान मुद्धा सरिआएको र यस आ.ब.मा ६४ थान मुद्धा दर्ता भइ ७४ थान पुगेको जिल्ला अदातल बाजुराले जनाएको छ ।

देवानी मुद्धा २२ थान र फौजदारी मुद्धा ५२ थान मध्ये २०७३ असार सम्ममा ५७ थान मुद्धा फैसला भइसकेको बाजुरा जिल्ला अदालतका श्रेस्तेदार शम्भु प्रसाद अधिकारीले बताएका छन । ७४ थान मुद्धा मध्ये ८ थान मेलमिलाप केन्द्रबाट ७ थान पक्ष सहमतीमा इजलास मिलापत्र, गरी १५ थान र फैसलाबाट टुङगीएको मुद्धा ४२ थान गरी ५७ थान मुद्या फैसला भएको जनाएको छ ।

बाजुरा जिल्ला अदालतमा अंश, सम्बन्ध बिच्छेद, मानाचामल, जबरस्ती करणी, जबरजीस्ती करणी उधोग, बहुबिबाह, छोरा जिम्मा लगाइ पाउ, गाली बेइज्जती, लेनदेन, कर्तब्य ज्यान, सवारी ज्यान, सार्वजनिक अपराध, कुटपिट मिलापत्र बदर, लगायतका मुद्धा दर्ता हुने गरेको बताएको छ । करिब ३७ प्रतिशत महिलाहरु सबै प्रकारका मुद्धाहरुमा पिडित हुने गरेको जिल्ला अदालत बाजुराले जनाएको छ । मिलापत्र गर्न मिल्ने २२ थान देवानी तथा १७ थान ब्यक्तिबादि फौजदारी मुद्धा समेत ३९ थान मध्ये,करिब ३८.५ प्रतिशत मेलमिलाप भइ टुगिएकोमा जिल्ला अदालत बाजुराले सकारात्मक पक्षमा लगिएको बताएका छन । गत आ.बमा ४१ थान नया मुद्धा,दर्ता भएकोमा यस आ.ब.मा ६४ थान दर्ता भइ २३ थानले बृद्धि हुनु नागरिकहरुमा सचेतनाका कै कारणले भएको न्याधिस लेखबहादुर ऐरले बताएका छन ।

यस आबमा फर्छौट भएका कैद १०४ बर्ष ९ महिना ९ दिन र जरिवाना रु १ लाख ७५ हजार, ८७८ रहेको छ भने बाकी लगत मध्ये, १०८ बर्ष, १० महिना २७ दिन र ४१ लाख, ३६ हजार ८०६ जरिवान तोकेको असुल हुन बाकी रहेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको छ ।

जसमध्ये ४ जना थुनुवा मुद्धा रहेका छन । हाल सम्म जरिवाना लागेका ब्यक्तिहरुको संङख्या ११९ जना रहेको बताएको छ ।