१९ कार्तिक २०८३, बिहिबार

फकाएर ७ वर्षीया बालिकाको बलात्कार गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rape

ताप्लेजुङ, २७ असार । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा थुकिम्बा–४ बस्ने २० बर्षीय बुद्धबिर चोङबाङलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चोङबाङले आइतबार सोही ठाउँ बस्ने ७ बर्षीया बालिकालाई ललाई फकाई मकैबारीमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ ।

घटनापछि फरार रहेका उनलाई प्रहरीले सोमबार थुकिम्बा–६ स्थित लमजुङको जंगलबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।