१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा पनी ‘प्रहरी मेरो साथी’ अभियान सुरु

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pachthar-police

– कृष्ण ओझा

पाँचथर, २७ असार । पाँचथरमा आज “प्रहरी मेरो साथी” उदघाटन भएको छ । प्रहरी प्रधान कार्यालयको अवधारणा अनुसार देशै भरी लागूहुने गरी संचालन गरिएको छ ।

पाँचथरमा पनी बिबिध कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमलाइ क्षेत्रीय प्रहरी प्रमूख प्रहरीनायव महानिरीक्षक केशरीराज घिमिरेले उदघाटन गरेका थिए । मेची अञ्चलप्रहरी वरिष्ठ उपरिक्षक केदार रीजालको अध्यक्षता मा भएको कार्यक्रमलाई घिमिरेले प्रहरी मेरो साथीको लोगो अनावरण गरेका हून ।

कार्यक्रममा जिल्ला स्थीत सरकारी कार्यालयका कर्मचारी, सूरक्षा अधिकारीहरु, बिद्यार्थिहरु, सामूदाकि सेवाकेन्द्रका पदाधादीकारी, स्थानीय यूवा उद्योगी ब्यवसायीहरु, राजनैतिक दलका प्रमूख प्रतिनिधि, संचारकर्मी, अधिकार कर्मी, कृयासिल महलिाअधिकार कर्मीहरु, शिक्षक लगायतले बिबिध कार्यक्रममा सहभागीभएका थिए ।

र्यालिमा ‘केलाङ,’ च्याब्रूङ बाजा, नेवारी झाकी, समाज सेवी राम प्रकास “समथिङ” को नेतृत्वमा गैर दलितहरुको नौमती बाजा घन्काउदै फिदिम नगर परीक्रमा गरी मनाइएको छ । पाँचथर प्रहरीले फिदिम नगरका ५ बिद्यालयका छात्राहरु बिच चित्रकला प्रतीयोगी ता समेत गराएको थियो ।

बिजयीहरु नयाँ नमूना माविका कक्षा ४का छात्रा उमा राई प्रथम, जनकल्याण मावि कक्षा १० का छात्र कूसोहाङ राई द्धितिय, मेची ईङलिस बोडिङ स्कूल कक्षा ९ का छात्र बिपिन कन्दङवा तृतिय, भएका हून । प्रतियोगी हरुलाई महानिरीक्षक घिमिरले पूरस्कार सहित प्रमापत्र बितरण गरेका छन । कार्यक्रम जिल्लाप्रहरी कार्यालय परीसरमा गरीएको हो ।