१९ कार्तिक २०८३, बिहिबार

पैँतालीस परिवार पहिरोको उच्च जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

बैतडी, २७ असार । बझाङका दुई गाविसका ४५ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।

जिल्लाको रायल गाविस–५ र ७ का २३ परिवार तथा मटेला गाविस–८ का २२ परिवार पहिरोको उच्च जोखिममा परेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

“रायलको ५ र ७ वडाका काटीखेती, तलुबाडी र मैतोली गाउँ र मटेला–८ को गाउँ पहिरोको जोखिममा परेका छन्,” प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो – “गाउँको तल्लो भागमा रहेको नारुगाडबाट पहिरो झर्न थालेपछि जमिन भासिएकोे छ । यसले गर्दा नारुगाडाको माथिल्लो भागमा रहेका तीन गाउँ जोखिममा परेका हुन् ।”

यसका साथै गाउँको माथिल्लो भागबाट समेत पहिरो झर्ने गरेकाले झनै जोखिम बढेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो ।

ग्रामीण सडक बनाउने नाममा बस्तीको ख्यालै नगरी निर्माण कार्य गरिएकाले यहाँ बर्सेनि पहिरो जाने गरेको हो । रासस