१९ कार्तिक २०८३, बिहिबार

फेसबुकमा महिलाले अश्लील फोटो हाल्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । सामाजिक सञ्जाल फेसबुकमा अश्लील फोटो हाल्ने एक महिला प्रहरीको फन्दामा परेकी छिन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नक्कली फेसबुक आईडी बनाई अश्लिल फोटोहरु पोष्ट गरी चरित्र हत्या गर्ने कार्यमा संलग्न सुर्खेत भेरीगंगा नगरपालिका–१४ बस्ने २८ बर्षीया गंगा चन्द ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

ठकुरीले सुर्खेत भेरीगंगा नगरपालिका–१४ बस्ने एक महिलाको नक्कली फेसबुक आईडी बनाई अश्लिल फोटोहरु पोष्ट गरी आफन्त तथा साथीभाईहरु समेतलाई ट्याग गरी सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको भनी पीडित महिलाले महानगरीय अपराध महाशाखामा निवेदन दिएकी थिइन् ।

ठकुरीलाई बिद्युतिय कारोवार सम्बन्धी मुद्धामा आवश्यक कारवाहीको लागी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।