१९ कार्तिक २०८३, बिहिबार

एमाले उपाध्यक्ष शाक्यलाई पितृशोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

asta-laxmiकाठमाडौँ, २६ असार । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पितृशोक परेको छ ।

उहाँका पिता तीर्थबहादुरको आज बिहान सीतापाइलास्थित मनमोहन मेडिकल कलेजमा निधन भएको हो । विसं १९७८ वैशाख १९ गते काठमाडौँको झोंछेमा जन्मनुभएका शाक्य लामो समयदेखि मुटु, दम र नसाको रोगबाट पीडित हुनुहुन्थ्यो ।

शाक्य एमालेका शुभचिन्तक, भूमिगतकालदेखिका सहयोगी तथा समाजसेवी समेत रहनुभएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराका ससुरा समेत रहनु भएका शाक्यका चार छोरी र तीन छोरा हुनुहुन्छ ।

एमालेले दिवङ्गत शाक्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्प्त परिवारमा समवेदना प्रकट गरेको छ । रासस