१९ कार्तिक २०८३, बिहिबार

पूर्वमन्त्री पौडेललाई ओली सरकारले दियो महत्वपूर्ण जिम्मेवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Poudel-ministerकाठमाडौं, २६ असार । सरकारले पूर्वमन्त्री माधव पौडेललाई कानुन सेवा आयोगको अध्यक्षमा नियुक्त गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले कानुन सेवा आयोगको अध्यक्षमा पूर्वमन्त्री एवं पूर्व सचिव माधव पौडेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए । आयोगमा अध्यक्ष पद रिक्त थियो । पौडेल चुनावी सरकारका संचारमन्त्री थिए ।

त्यस्तै सिंचाइ विभागका महानिर्देशक रामानन्द यादवलाई सचिवमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ ।