१९ कार्तिक २०८३, बिहिबार

नेपाली सेनाका १० उच्च अधिकृतको बढुवा, १६ को सरुवा

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Army

काठमाडौं, २६ असार । सरकारले नेपाली सेनाका उच्च अधिकृतको एकैपटक बढुवा र सरुवा गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका १० प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईका अनुसार आजको बैठकले नेपाली सेनाका १६ महासेनानी दर्जाका अधिकृतलाई विभिन्न एकाइमा सरुवा गर्ने निर्णय समेत गरेको छ ।