१९ कार्तिक २०८३, बिहिबार

‘नेविसंघमा जितजंग बस्नेतको सम्भावना बोलियो देखियो’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jit_Jang_Basnetकाठमाडौं, २६ असार । नेपाल विद्यार्थी संघको आसन्न ११ औं महाधिवेशनका लागि अध्यक्ष पदमा दाबेदार रहेका नेताहरुको सूचिमा सबै पक्षबाट जितजंग बस्नेत बलियो देखिएका छन् ।

काठमाडौं, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोक सहित मध्यपश्चिम, पूर्वाञ्चाल, तथा पश्चिमाञ्चल सहित सुदूरपश्चिमाञ्चलका विद्यार्थी प्रतिनिधिहरुको समर्थन र प्रतिबद्धताले नेविसंघका निर्वतमान महामन्त्री जितजंग बस्नेत अहिलेसम्म अगाडि देखिएका हुन् ।

सतप्रतिशत नतिजा बस्नेतको पक्षमा नदेखिए पनि अबको नेविसंघ अध्यक्षमा को सबैभन्दा प्रभावशाली रहेको छ भन्ने प्रश्नमा प्राप्त उत्तरहरुका आधारमा हाल सम्म जितजंग बस्नेत अगाडी देखिएका हुन । उनी संगै दिपक भट्टराई, नैनसिंह महर, मनोजमणी आचार्य, केदार कार्कीको नाम समेत अघिल्लो लाईनमा रहेका छन् । कुन्दनराज काफ्ले, शुभराम बस्नेत समेतलाई केहि विद्यार्थीहरुले अध्यक्षमा आउन सक्ने बताएका थिए ।

प्रत्यासी अध्यक्ष पदका जितजंग बस्नेतका पक्षमा विद्यार्थीहरुले खुलेर मत मागिरहेको देखिएको छ । अन्य विद्यार्थी नेताहरुजस्तो बस्नेत नेताहरुको घरघरमा नजाने स्वभाव, कार्यक्रता विद्यार्थीहरुको समस्याका लागि तत्काल निर्णय गर्ने क्षमता रहेको, गुणस्तरीय शिक्षा समेत उनमा रहेकाले नेविसंघलाई उर्जाशिल बनाउन बस्नेत नै अहिलेको आवश्यक्ता रहेको उनि निकट विद्यार्थीहरुले बताएका थिए ।

समग्र विद्यार्थी आन्दोलन नै कमजोर भएको बेला बस्नेत नै सबै संगठनको अभिभावक बन्ने क्षमता राख्छन । अहिले नेविसंघमात्र बलियो भएर विद्यार्थी आन्दोलनले जित्न सक्दैन उनीहरु बताउछन । नेविसंघको अध्यक्षले समग्र नेपाली विद्यार्थी आन्दोलनलाई हाक्नु पर्ने भएकाले बस्नेत अध्यक्ष हुने प्रबल सम्भावना देखिएको त्रिभुवन विश्वविद्यालयका एक नेताले बताए ।

‘म नेबिसंघमा जितजंग बस्नेत दाईको समर्थक हुं । मलाई जितजंग बस्नेतको आर्थिक पारदर्सिता, संगठनको निर्माण र कार्यकर्ताको संरक्षण सिद्धान्त मन पर्छ,’ उनले भने ।