१९ कार्तिक २०८३, बिहिबार

खर्च कटौती प्रस्ताव अस्वीकृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansad

काठमाडौँ, २५ असार । व्यवस्थापिका–संसद्को आजको बैठकले विनियोजन विधेयक, २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका निम्ति विनियोजित रकम कटौती गर्न सांसद प्रेम सुवालले गर्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत गर्यो ।

त्यसैगरी सांसद अनुराधा थापा मगरले पनि विभिन्न मन्त्रालयका निम्ति विनियोजित रकम कटौती गर्नुभएको प्रस्ताव पनि बहुमतले अस्वीकृत गर्यो ।

त्यसअघि सभामुख ओनसरी घर्तीले सांसदद्वयलाई खर्च कटौतीको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो ।

दुवै सांसदले प्रस्ताव फिर्ता नलिने जानकारी सदनलाई गराएपछि ध्वनि मतका आधारमा ती प्रस्ताव अस्वीकृत भएका हुन् । रासस