बनेपा, २५ असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार परिवर्तन भन्दा पनि संविधान कार्यान्वयन महत्वपुर्ण विषय रहेको बताउनु भएको छ ।
काभ्रेको बनेपामा प्रेस युनियन काभ्रे शाखाले गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले दलहरुले सरकार परिवर्तनलाई प्राथमिकतामा दिनुभन्दा संविधानको कार्यान्वयमा लाग्न आग्रह गर्नु भएको हो ।
राष्ट्रिय सरकारको आवश्कता छ, तर तत्काल सरकार कसको बनाउने र कसरको नबनाउने भन्दा पनि संविधान कार्यान्वय तिब्र गतिमा लैजाने, स्थानिय निकायमा जनप्रतिनिधी कहिले बनाउँने भन्ने विषय मुख्य रहेको बताउनुभयो ।
उहाँले कांग्रेस सरकार परिवर्तनको खेल लाग्ननहुने सुझाव नेतृत्वलाई दिनुभयो ।













प्रतिक्रिया