१९ कार्तिक २०८३, बिहिबार

स्याङजाको स्वरेकको भिरमा यसरी अड्कियो जिप, पाँच जना घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Syangaja ma geep accidentपोखरा, २५ असार । स्याङजाको स्वरेक वडा नम्बर ३ पहरे भिरमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

वालिङदेखि स्वरेक हुँदै कालिकाकोट गाविसतर्फ जादै गरेको ग १ ज ३९३१ नम्बरको जिप पहरे भिरको कच्ची उकालो सडकबाट अकस्मात ब्याक भएर तलखस्दा दुर्घटना भएको हो ।

जिप दुर्घटना हुँदा स्वरेक ३ टापु घर भएकी विमला पंगेनी घाइते हुनु भएको इलाका प्रहरी कार्यालय वालिङका सहायक निरीक्षक उमानाथ लामिछानेले जानकारी दिनुभयो ।

दुर्घटनामा ४ जना घाइते भएका छन् । प्राथामिक उपचारपछि उनीहरू घर फर्किएका छन् ।

गम्भीर घाइते विमलाको अहिले मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।13654257_1167724229952586_3315914124696957996_n