बेलौरी, २४ असार । बालिका बलात्कारको अभियोगमा बेलौरीका एकजना व्यापारी पक्राउ परेका छन् । कञ्चनपुरकी १६ बर्षिय एक बालिकालाई घरमै बलात्कार गरेको आरोपमा बेलौरी नगरपालिका ६ का ५० बर्षिय राम किशन श्रेष्ठ पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज भरत बहादुर चौधरीले शुक्रबार दिउँसो एक बजेतिर श्रेष्ठले अधियावाला कुर्ने घरभित्र जबरजस्तीकरणी गरेको बताउनुभयो । चौधरीका अनुसार इलाका प्रहरी कार्यालय बेलौरीमा बालिकासहित परिवारजनले श्रेष्ठले जबरजस्तीकरण गरेको भन्दै उजुरी दिएपछी श्रेष्ठलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार श्रेष्ठले बालिकालाई डराईधम्काई गरेर जबरजस्तीकरणी गरेका थिए । पक्राउ परेका श्रेष्ठले भने आफूले बालिकालाई केही नगरेको प्रहरीसमक्ष बयान दिएका छन् ।
बेलौरी प्रहरीले भने घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।
– रमेश प्रशाद भट्टबाट












प्रतिक्रिया