गुल्मी, २४ असार । गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार अन्तर्गतको सडकखण्डको अविरल वर्षाका कारण गत एक हप्तादेखि अवरुद्ध मोटरबाटो अझै सञ्चालनमा आउन सकेको छैन ।
अविरल वर्षासँगै गत शनिबार तुराङ, जोहाङ, अश्लेवा लगायतका गाविसका विभिन्न स्थानमा एक दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको कारण सडक अवरुद्ध बनेको हो ।
जिल्लाको अति व्यस्त मानिने सो कच्ची सडकखण्ड अवरुद्ध भएपछि सयाँै सवारीसाधन, बस, मालवाहक ट्रक, जिप, ट्याक्टर लगायतका गाडी सञ्चालनमा आउन सकेका छैनन् । सडक अवरुद्ध भएपछि भने साना जिप सदरमुकामको बाटो भएर बुटवल आवतजावत गर्ने गरेका छन् ।
सडक खुलाउन निरन्तर डोजरको प्रयोग भइरहे तापनि सडक माथिबाट पहिरो खस्नेक्रम जारी रहेकाले सडक सञ्चालनमा आउन थप समस्या परेको तम्घास–सिमलटारी सडक आयोजनाका इन्जिनियर चन्द्रेश्वर शाहले जानकारी दिनुभयो । आज साँझसम्म सडक सञ्चालनमा आउन सक्ने इन्जिनियर शाहले जानकारी दिनुभयो । रासस












प्रतिक्रिया