२६ कार्तिक २०८३, बिहिबार

सरकार परिवर्तनबारे प्रधानमन्त्री ओलीको नयाँ योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pm-oli-1

काठमाडौं, २३ असार । सरकार परिवर्तनको चर्चाका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ योजना सार्वजनिक गरेका छन् ।

भूमीसुधार मन्त्रालयद्वारा बिहीवार राजधानीको बबरमहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले आफू नेतृत्वको सरकार परिवर्तन नभई विस्तार हुने बताए ।

सरकार परिवर्तनको हल्ला गलत हो भन्दै उनले हल्लाका पछि नलाग्न आग्रह गरे । ‘सरकार परिवर्तनको हल्लाले धेरैजना हल्लिएका छन् र कतिपयलाई त्यसैका पछि कुद्ने बानी परेको छ,’ सरकार ढाल्न सक्रिय माओवादी नेताहरुतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने– ‘तर, सरकार परिवर्तन होइन विस्तार हुँदैछ ।’

Pm-oli

देशका एजेण्डामा आफू नअल्मलिइ अघि बढ्ने भन्दै उनले भने– ‘देश अल्मलिंदैन, अघि बढ्छ, सबै ढुक्क हुनुस् ।’

राष्ट्रिय सरकारको सम्भावना स्वरुप ओलीले सरकार विस्तारको योजना बनाएको र त्यसका लागि सबै दलसँग परामर्श गरिरहेको बुझिएको छ ।