काठमाडौं, २३ असार । गणतन्त्र नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा निर्मल निवास पुगेका छन् ।
विहीबार परेको पूर्वराजा ज्ञानेन्द्र शाहको ७० औं जन्मदिनका अवसरमा शुभकामना दिन मन्त्री थापा निर्मल निवास पुगेका हुन् ।
मन्त्री थापाका सहयोगी राजाराम बर्ताैलाका अनुसार पूर्व राजालाई शुभकामना दिन सरकारका परराष्ट्र मन्त्री थापा बिहानै निर्मल निवास पुगेका थिए ।
राजतन्त्र र हिन्दू राष्ट्रको एजेण्डा बोकेका मन्त्री थापाले निर्मल निवासै पुगेर पूर्वराजा ज्ञानेन्द्रलाई जन्मदिन शुभकामना दिएका हुन् ।
यसैबीच पूर्वराजा शाहले आज आफ्नो ७० औं जन्मदिन भव्यताका साथ मनाउँदै छन् । जन्मदिनको अवसरमा उनले निर्मल निवासमा आफ्ना शुभेच्छुकहरुबाट शुभकामना लिने कार्यक्रम छ ।

१० बजेदेखि बेलुका ६ बजेसम्म निर्मल निवास जाने कार्यक्रम मिलाएको शुभ जन्मोत्सव मुल समारोह समितिले जनाएको छ ।












प्रतिक्रिया