२६ कार्तिक २०८३, बिहिबार

डा.कोइरालाको अवस्था ‘क्रिटिकल’, तर सुधार हुँदैछ: चिकित्सक (विज्ञप्तिसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr. Shashanka Koiralaकाठमाडौं, २३ असार । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्य अवस्था क्रिटिकल रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

डा.कोइरालाको अवस्था क्रिटिकल रहे पनि सुधार हुँदै आएको चिकित्सकहरूको भनाइ छ । बिहीबार बिहान चाबहिलस्थित ओम अस्पतालमा उपचारमा संलग्न चिकित्सकहरूले पत्रकार सम्मेलन गरेर डा.कोइरालाको स्वास्थ्य अवस्थाका विषयमा जानकारी दिएका हुन् ।

‘निमोनियामा सुधार भएको छ’, चिकित्सकहरूले पत्रकार सम्मेलनमा भने, ‘प्रेसर आज नर्मल छ, अक्सिजनको मात्रा पनि ठीक छ, पिसावको न्यूनताम मात्रा पनि ठीक छ, आँखा खोल्ने चिम्लने गर्नुभएको छ ।’

चिकित्सकहरूका अनुसार डा.कोइरालाको ‘कण्डिसन क्रिटिकल’ छ तर सुधार हुँदैछ । भेन्टिलेटरमा राखेर उपचार जारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महामन्त्री डा.कोइरालाका परिवारजनले उहाँलाई तत्काल भारत लगेर उपचार गराउने इच्छा नदेखाएको ओम अस्पतालले जनाएको छ । ‘ओम अस्पतालमा जति सेवा सुविधा छ, भारतमा पनि त्यतिनै हो’, पत्रकार सम्मेलनमा चिकित्सकहरूले बताए ।

डा.कोइराला अस्वस्थ भएपछि मंगलबार रातिदेखि ओम अस्पतालमा आइसीयूमा राखेर उपचार गरिँदै आइएको छ ।

Dr Koirala Shashanka