काठमाडौं, २३ असार । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्यमा निकै सुधारोन्मुख भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
बुधबार राति ८ बजेदेखि आज बिहान आठ बजेसम्मको अवस्थामा डा.कोइरालाको स्वास्थ्यमा निक्कै सुधार भएको हो । ‘आजको अवस्था हेर्दा डा.कोइरालाको स्वास्थ्य अवस्था निकै सुधार उन्मुख भैरहेको छ’, अस्पतालका मेडिकल डाइरेक्टर डा.हरिकिशोर श्रेष्ठले भन्नुभयो ।
डा.श्रेष्ठका अनुसार डा.कोइरालाको स्वास्थ्यमा बुधबारभन्दा बिहीबार निकै सुधार भएको छ । ‘डा.शशांक कोइरालाले आँखा हेर्नुभएको छ’, उहाँले भन्नुभयो, ‘तर बेहोस हुने सुइ लगाइका कारण बोल्न भने सक्नु हुन्न ।’
डा.कोइरालाको स्वास्थ्य अवस्थाका विषयमा ओम अस्पतालले बिहान नौँ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ ।












प्रतिक्रिया