काठमाडौं, २२ असार । कांग्रेस सभापति शेरबहादुर देउवा अस्वस्थ्य भइ अस्पताल भर्ना हुनु भएका कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएको छ ।
सभापति देउवा बिहान करीव पौने नौ बजे चाबहिलस्थित ओम अस्पताल पुग्नुभएको नेविसवंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो । देउवाले डा.कोइरालाको स्वास्थ्य अवस्थाका विषयमा चिकित्सकहरूसँग जानकारी समेत लिनुभएको छ ।
डा.कोइरालाको स्वास्थ्य अवस्था बुझ्नका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरू पनि ओम अस्पताल पुग्नुभएको छ ।
स्वास्थ्यमा गम्भीर समस्या भएपछि डा. कोइरालालाई मंगलबार राति अस्पताल भर्ना गरिएको थियो । अस्पताल परिसरमा कांग्रेस नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूको भीड लागेको छ ।












प्रतिक्रिया