काठमाडौं, २२ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पोलिट ब्यूरोको बैठक आज दोस्रो दिनु पनि बस्दैछ ।
कोटेश्वरस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा मंगलबारको बैठकमा पेश भएको प्रतिवेदनमा छलफल हुनेछ । माओवादी स्रोतका अनुसार बैठकमा वर्तमान सरकारका विषयमा पनि पोलिट ब्यूरो सदस्यहरूले धारणा राख्ने छन् ।
मंगलबादेखि सुरू भएको माओवादी केन्द्रको पोलिट ब्यूरोबाट विशेष गरेर सरकारमा पार्टीको सहभागिता र आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा निर्णय लिन सक्ने बुझिएको छ । बैठक ११ बजेपछि बस्ने कार्यक्रम छ ।












प्रतिक्रिया