काठमाडौं, २२ असार । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अचानक गम्भीर बिरामी परेपछि अस्पताल भर्ना गरिएको छ ।
मंगलबार राति स्वासप्रश्वासमा समस्या भएपछि महामन्त्री डा.कोइरालालाई चाबहिलको ओम अस्पताल भर्ना गरिएको कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिनुभयो । ‘डा.शशांक कोइरालाज्यूलाई गएराति समस्या भएपछि अस्पताल ल्याएर भर्ना गरिएको हो’, उहाँले भन्नुभयो, ‘आइसीयूमा राखेर उपचार भइरहेको छ । के भएको छ हामीलाई पनि डिटेल थाहा छैन ।’
चिकित्सकहरूले डा.कोइरालालाई उपचार गरिरहेको जनाए पनि केन्द्रीय सदस्य गिरीले भन्नुभयो, ‘उहाँलाई स्वाशप्रश्वासमा समस्या देखिएको थियो । सायद निमोनिया वा अरु केही भएको हुन सक्छ ।’
नेविसंघका प्रवक्ता यूपी लामिछानेले पनि डा.कोइराला बिरामी भएको थाहा पाएपछि आफूहरू पनि अस्पताल आइपुगेको बताउनुभयो । ‘के बिरामी हुनु भएको हो चिकित्सकहरूले स्पष्ट भनेका छैनन्’, उहाँले भन्नुभयो, ‘आइसीयूमा राखेर उपचार भइरहेको हामीले थाहा पाएका छौँ ।’ उहाँले अगाडि भन्नुभयो, ‘स्वाशप्रश्वासमा समस्या देखिएको थियो । सायद निमोनिय भएको हो की ?’
डा.कोइरालालाई अस्पताल भर्ना भएको समाचार थाहा पाएपछि कांग्रेसका केन्द्रीय सदस्यहरूका साथै शुभेच्छुकहरू ओम अस्पताल चाबाहिल पुगेका छन् ।












प्रतिक्रिया