काठमाडौं, २२ असार । तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवको नेतृत्वमा संघीय गठबन्धनको ३०औँ दिनको रिले अनशन सुरू भएको छ ।
बुधबार बिहान सात बजेदेखि सुरू भएको रिले अनशनमा वरिष्ठ नेता यादवका साथै आङडेण्डी शेर्पा, मनीष मिश्र, रामवीर राय यादव, रामकुमार राज महरा, वीरेन्द्रकुमार रायलगायत ३५ जना विभिन्न दलका नेता तथा कार्यकर्ता रिले अनशनमा बसेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।
संविधान पुनर्लेखनको माग गर्दै जेठ २५ गतेदेखि सुरू भएको संघीय गठबन्धनको रिले आज ३०औँ दिनमा आइपुगेको छ ।
गठबन्धनको रिले अनशनमा राजेन्द्र महतोको पार्टी सद्भावनाले भने रिले अनशनमा प्रतिनिधि पठाउन छाडेको छ । विगत पाँच दिनदेखि सद्भावना पार्टीका कुनै पनि प्रतिनिधि खुलामञ्चको रिले अनशनमा पुगेका छैनन् ।












प्रतिक्रिया