
काठमाडौँ, २१ असार । इस्लाम धर्मावलम्बीको पर्व ईद (ईदुल्ल फित्र) का अवसरमा बुधबार बिदा दिने कि बिहीबार भन्नेमा सरकारी अधिकारी नै अन्यौल देखिएका छन् ।
गैरसरकारी पात्रोहरुमा ईदको बिदा बिहीबार नै लेखिएको छ । सोही आधारमा कतिपय कतिपय निजी कार्यालय र स्कूलहरुले बुधबार नै बिदा दिएका छन् । तर, सरकार भने बुधबार दिने कि बिहीबार विदा दिने भन्ने अलमलमा परेको छ ।
गृहमन्त्रालयका सहायक प्रवक्ता झम्कनाथ ढकालका अनुसार, ईदको सम्बन्धमा इस्लाम धर्मका गुरुले निर्णय गर्ने र उनीहरुको अझै कुनै निर्णय नआइसकेको कुन दिन ईद पर्ने अझै यकिन स्पष्ट हुन नसकेको हो ।
उनले भने, “बुधबार नै ईद भन्ने तय भएमा भोलि सार्वजनिक बिदा हुन सक्छ, त्यसबारेमा हामी विज्ञप्ति निकालेर जानकारी दिनेछौँ ।”
बुधबार सार्वजनिक बिदा दिइएको समाचार संचारमाध्यमहरुमा आएपछि गृह मन्त्रालयले विज्ञप्ति नै जारी खण्डन गरेको छ । अहिलेसम्म कहिले बिदा दिने भनी निर्णय हुन नसकेको गृहमन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया