– बलराम सुबेदी
आदरणीय नेताज्यूहरु,
छाडिदिनुस् देशलाई सिङ्गापुर र स्वीजरल्यान्ड बनाउने कुरा ।
हेर्नुस गएको तीस बर्षमा कायापलट गर्ने यी मुलुकहरू ।
कोरिया कहाँबाट कहाँ पुग्यो ?
दुबई कस्तोबाट कस्तो बन्यो ?
मलेशियाले के के गर्यो ?
चाइनाले आफ्नो शान कस्तो बनायो ?
तपाई हामीले संसारकै गरिब मुलुक भन्ने गरेको इथिओपिया, आज कसरी लम्कीरहेछ ?
तर हाम्रो देश ? सधै उस्ताको उस्तै ?
किन ? के कारणले ?
सोच्नुभयो ? उनीहरूले के कारण गर्नसके र हामीले के कारण सकेनौ भनेर ?
अनि फेरि खेल्दै हुनुहुन्छ पुरानै कुर्सीको फोहोरी लडाइँ । अनी अस्थीरताको खेल ।
आखिर, केका लागि ? किन र कसका लागि ?

तपाई दाबा गर्नुहोला । हामी यो भन्दा राम्रो सरकार दिन्छौ ।
सबैलाई मिलाउछौ । बिकासमा झन् छलाङ मार्छौ ।
तर, जन्ता पत्याउन तयार छैनन् । किनकी तपाईलाइ पनी परीक्षण गरिसकेका हुन उनीहरूले ।
त्यसैले, पोल्टाको छाडेर भैको टिप्न । तयार छैनन् उनीहरू । न त त्यो धैर्यता नै छ उनीहरूसंग ।
आखिर भैको यो भन्दा राम्रो हुन्छ । भन्ने के ग्यारेन्टी छ ? बरू यही पोल्टाको लाई भरपुर परीक्षण गर्न चाहन्छन् उनीहरू ।
यो परिस्थितीमा यसो भन्दा । मलाई ओलीबादीको बिल्ला अवश्य भिराउनेछन् । र उनीहरूलाई मेरो भन्नु छ ।
एक समय प्रचण्डले बिकासमा कायापलटको शुरूवात गर्ने आश थियो । ठूलो संघर्ष र मुल्य चुकाएर स्थापित नेताको हिसाबले । तर तत्काल त्यो आश अधुरै रह्यो ।
बाबुराम आए । बाटोघाटो फराकिलो पार्ने काम र केही राष्ट्रिय गौरबका आयोजना शुरूवात गरे । म उनको प्रशंसक बने ।
आज ओलीमा भित्रैदेखी देशप्रेम र विकासको संकल्प देख्छु । त्यसैले आज उनको कट्टर प्रशंसक हुँ म ।
किनकी काम गर्न खोज्नेलाई उत्साहित गर्नु र प्रशंसा गर्नु कर्तब्य ठान्छु म ।
म कसैको पेवा हैन । न त म कसैको स्थायस् अन्धभक्त र स्थायी अन्ध बिरोधी । मलाई कसैबाट कुनै ब्यक्तिगत स्वार्थ पुरा गर्नुछैन ।
र भोली कुनै शुरबिर नेता आउला । देशलाइ कायापलट गर्ने उद्घोष र शुरूवात गर्ला ।
मलाइ उसको प्रशंसा गर्न कुनै दुबिधा हुनेछैन् । चाहे उ जुनसुकै पार्टीको होस् ।
किनकी म हुँ एक विबेकशील र विकासप्रेमी आम नेपाली ।
र म अरूको चश्माले हैन, आफ्नै बिबेकको चश्माले संसार हेर्न र मुल्यांकन गर्न रूचाउछु ।













प्रतिक्रिया