
काठमाडौं, २१ असार । नेपाल बार एशोसिएसनको वार्ता सहजिकरण समितिले कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका सत्तारुढ दलका नेताहरूसँग आन्दोलनरत समूहका मागका विषयमा परामर्श गरेको छ ।
नेपाल बारको मुख्यालय रामशाहपथमा मंगलबार भएको छलफलमा मधेसी मोर्चा, संघीय गठबन्धन र अन्य आन्दोलनरत समूहका मागका विषयमा परामर्श गरिएको हो ।
छलफलमा बारका तर्फबाट वार्ता सहजिकरणका संयोजक तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले आन्दोलनरत समूहसँग सरकारले वार्ता गरेर राजनीतिक निकाश दिन आग्रह गर्नुभएको थियो ।
जवाफमा दलका नेताहरूले आन्दोलनकारीहरूसँग वार्ता र सम्वाद भइरहेको भन्दै वार्ताका लागि पुनः पत्र पठाइएको प्रसंग पनि उठाएका थिए ।
छलफलमा कांग्रेस नेता महेश आचार्य, एमालेका नेता शंकर पोखरेल, राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणा, नेमकिपाका नेता सुनिल प्रजापतिलगायतका नेता सहभागी रहेका थिए ।












प्रतिक्रिया