१ कार्तिक २०८३, आइतबार

इजिप्ट विमानको ‘भ्वाइस रेकर्डर’ सुरक्षित

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Damaged Cockpit voice recorder_500x342काएरो (इजिप्ट), १९ असार । इजिप्टको दुर्घटनाग्रस्त विमानको अनुसन्धान समितिले मे १९ मा पेरिसबाट काएरोका लागि छुटेको उडान नम्वर एमएस–८०४ को दुर्घटनाग्रस्त विमानको ‘भ्वाइस रेकर्डर’ सुरक्षित भएको शनिबार बताएको छ ।

विमान दुर्घटना भएपछि भू–मध्यसागरीय क्षेत्रबाट समुद्रमा डुबिरहेको उक्त ‘ककपिट भ्वाइस रेकर्डर’ मा केही समस्या भए पनि विमानमा भएको गतिविधिको ‘मेमोरी’ राख्ने भाग सुरक्षित रहेको उक्त समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ककपिटको केही बिग्रिएका पूर्जाहरुलाई परिवर्तन गरेपछि भ्वाइस रेकर्डरले पूर्ण काम गर्नेमा अनुसन्धानमा संलग्न प्राविधिकले बताएका छन् । –एएफपी