२ कार्तिक २०८३, सोमबार

बजेट सिध्याउन ठेकेदार राति सुत्नै छाडे, रातारात हतारमा काम

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pachthar

– कृष्ण ओझा

पाँचथर, १६ असार । नेपाल सरकारले देशका दश सहरलाई नयाँ सहरका रुपमा बिकास गर्ने भन्दै कार्य अघि बढाएको पाँचथरको फिदिममा बेलामा काम नगरी आर्थिक बर्ष सकिनै लाग्दा बजेट सक्नलाई राति नसुतेरै काम गर्न थालिएको छ ।

निर्माण भइरहेको कामको अनुगमन पनी नभएको स्थानीय उपभोक्ताको गूनासो छ । असारको १२ गते पछि पनि करिव आठ उपभोक्ता समिति मार्फत काम भईरहेको छ । बैशाख महिना यता काममा तिब्रता दिएका आयोजनाहरु धेरै छन ।

पछिल्लो समय असारको दोस्रो साता सुरु भएका अयोजनामा रातारात काम भईरहेको छ । रातारात काम गर्दा गुणस्तरियताको ख्यालै नगरी बजेट सक्ने नियत देखिएको सरोकारवालाले बताए । अनूगमन कस्ले गर्ने उपभोत्ता र सरोकारवालाले गूनासो पोख्दैथिए ।

नाम नबताउने भन्दै स्थानीय एक उपभोक्ताले भने– हामी बिकास बिरोधी हैनौ । तर यसरी रातारात काम गर्दा गुणस्तरियताको बिषय नै रहन्न ।

नयाँ सहर अयोजनाका लागि पहिलो र दोस्रो चरणमा गरेर ४ करोड २० लाख बजेट आएको छ । त्यस मध्ये पछिल्लो पटक बैशाख यता मात्रै एक करोड २४ लाख थप बजेट प्राप्त भएको आयोजना कार्यालयले जनाएको छ ।

यस आर्थिक बर्षका लागि छुट्याईएको रकम नै सक्ने अवस्था नरहेको अवस्थामा ति अयोजनाहरुलाई बहुबर्षे आयोजनामा लैजान आयोजना कार्यालयले प्रयत्न गरेको थियो ।

तर त्यो कार्य माथिल्लो निकायमा सुनुवाई नहुँदा सम्भव नभएको बताईएको छ । बहुबर्षे केही अयोजनामा समेत काम तोकिए अनुसार हुन सकेका छैनन ।

अधिकतम १५ महिना तोकिएका काम आधा पनि भएका छैनन । त्यसको सयम सकिनै लागेको छ । फिदिम क्षेत्र भित्र एक दर्जन अयोजनाहरु सञ्चालन हुने भए पनि तिनले गति लिन सकिरहेका छैनन ।

पछिल्लो पटक प्राप्त बजेटको पनि अधिकतम सदुपयोग हुन सकेको छैन । कार्यालय स्रोतको भनाई अनुसार पछिल्लो पटक बैशाख यता थपिएका आठ अयोजनामा रातदिन काम भईरहेको छ ।

असारको २५ गते सम्ममा काम सक्ने निर्देशन पाएका उपभोक्ता समितिले एउटै अयोजनामा ४ वटा सम्म मेसिन प्रयोग गरेर सडक निर्माणको काम गरिरहेका छन ।

त्यस्ता आयोजनामा काम गुणस्तरिय बन्न नसक्ने स्थानीयको भनाई छ । कार्यालय पनि काम सकेर भुक्तानि लैजान भने पछि आर्थिक बर्ष सकिनै लाग्दा काम सुरु भएका हुन ।

पछिल्लो पटक थपिएका आठ अयोजनाको काम असार १२ पछि मात्रै सुरु भएका हुन । उनीहरुले थालेको काम दुई साता बिचमा सक्नु पर्ने देखिन्छ ।

कार्यालयले समयमा बजेट दिन नसक्दा काम ढिलो गरि सुरु गर्नु परेको उपभोक्ताको भनाई छ ।

फिदिम ४ मा सुरु भएको बेलफियर–चिसापानी–जोरसाल मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष प्रताप लावतीले भने–ढिलो गरी जानकारी अयो । काम नगरे पैषा हराउँछ भने पछि असार १२ पछि काम थालेका हौ ।

उक्त योजनाका लागि नयाँ सहरको २५ लाख रुपैया बिनियोजन गरिएको छ । उपभोक्ताले अहिले रातदिन काम गरिरहेका छन ।

पछिल्ला अयोजना यी हुन नयाँ सहरका लागि पछिल्लो पटक स्वीकृत आठ अयोजना मध्ये धेरैको अवस्था उस्तै छ । सबै आयोजना बेला छउन्जेल काम नभएका र बेला घर्किए पछि तातिने काम भएको छ ।

अयोजना मध्ये बेलफियर–चिसापानी–जोरसाल मोटरबाटो २५ लाख बजेटको हो । त्यो बाहेक जामुने खोल्सी कलभर्ट निर्माणका लागि १० लाख, सिंहसिद्धदेबी मन्दिर र मन्दिर जाने बाटो निर्माणका लागि ७ लाख, जलकन्या देवी जाने बाटो सुधारका लागि १५ लाख, बसर्पाक –बुलबुले बाटोको नालि निर्माणका लागि १४ लाख, तुम्देनचौक–थाङसाङ–जलपादेबी जोड्नेबाटोका लागि १५ लाख, पल्लोटार–एक्लेबर–जोरसाल बाटोका लागि ३० लाख बिनियोजन भएको छ । ति सबै अयोजनामा सबै काम असारको २५ भित्रमा काम सक्ने गरी काम भईरहेका छन ।

रातारात हुने काममा गुणस्तरियताको बिषय जटिल देखिएको छ । पछिल्लो पटक स्वीकृत भएका अयोजनका बाहेक नयाँ सहर आयोजनाका अन्य योजनाहरुमा पनि तोकिए अनुसारको काम हुन सकेको छैन । अयोजनाले सार्वजानीक निर्माणका लागि ३ करोड २५ लाख खर्च गर्ने छ । नयाँ सहर भित्रको ढल नालि निर्माणका लागि २० लाख, बषपार्क क्षेत्रको बिकासका लागि ६५ लाख बिनियोजन भएको छ । उक्त अयोजना बहुबर्षिय अयोजना मध्ये पर्छ । नयाँ सहर अयोजना कार्यलय मातहतका एक दर्जन अयोजना सञ्चालनमा छ ।