१९ कार्तिक २०८३, बिहिबार

सिन्धुलीमा बस सडकबाट तल खस्दा २२ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, १५ असार । सिन्धुली जिल्लामा खचाखच यात्रु बोकेको बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।

काकडभिट्टाबाट रामेछापको मन्थलीतर्फ आउँदै गरेको ना ५ ख ७६८२ नम्बरको बस सडकबाट अन्दाजी ५ मीटर तल खस्दा २२ जना घाइते भएका हुन् । बस आज बिहान सिन्धुलीको कमलामाइ– १० माइस्थानमा नियन्त्रण गुमाइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ ।

दुर्घटनामा संलग्न बस र चालकलाई ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीले नियन्त्रणमा लिएको छ ।