१९ कार्तिक २०८३, बिहिबार

डाक्टरले मागेजति तलब दिन नसक्दा प्रसूति सेवा बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa-Nepali-Rupeesभोजपुर, १५ असार । डाक्टरले मागे जति तलब दिन नसक्दा जिल्ला अस्पताल भोजपुरको प्रसूति सेवा बन्द भएको छ ।

मासिक दुई लाख रुपैयाँ दिने सर्तमा ल्याइएका डाक्टर सुनिल शाहले थप रु ५० हजार मागेपछि अस्पतालले दिन नसक्दा सेवा नै बन्द गर्नु परेको हो । गत वर्षको मङ्सिरमा नियुक्त गरिएका डाक्टर शाहले वैशाखदेखि काम छोडेर गएका हुन् । डाक्टरले काम छाडेर गएपछि जिल्ला अस्पतालले शल्यक्रिया सहितको गम्भीर प्रकृतिको प्रसूति गराउन नसकेको बताएको छ ।

डाक्टर शाहले आफू कामका लागि आएको र पैसाको मुख नहेर्ने सार्वजनिक कार्यक्रममा भनेका थिए तर नियुक्ति भएको सात महिना पूरा नभई काम छाडेर गइदिँदा सेवाग्राही मारमा परेका छन् । महिनामा ५०÷६० जनासम्म प्रसूति गराउने सो जिल्ला अस्पताल भोजपुरमा दुुईदेखि तीनजनाको शल्यक्रियाद्वारा प्रसूति गराउनुपर्ने अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नवलकिशोर झाले जानकारी दिनुभयो ।

जिल्लामा रहेको प्रसूति सेवा बन्द भएपछि उपचारका लागि अन्यत्र रिफर गराउने गरेको प्रमुख झाको भनाइ छ । यसैबीच, बर्सातको कारण समयमा हवाई उडान नहुँदा र लेगुवा–भोजपुर सडक बर्सात र निर्माणकार्यका कारण अवरुद्ध भएपछि बिरामी तथा बिरामीका आफन्त दोहोरो मारमा परेका छन् । रासस