– राजेन्द्र ठगुन्ना
डडेलधुरा, १५ असार । बेपता तथा छानविन आयोग तथा सत्य निरुपण मेलमिलाप आयोगको आहवानमा स्थानीय शान्ति समिति डडेल्धुरामा दुई महिनामा ५ सय ६ वटा उजुरी दर्ता भएका छन् ।
४२ वटा बेपता छानविन र ४ सय ६४ वटा सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि उजुरी परेको स्थानीय शान्ति समिति डडेल्धुराका संयोजक गजेन्द्र शाहीले बताए ।
वैशाख २ गतेदेखी उजुरी लिन शुरु गरिएको र असार मसान्त सम्म उजुरी दर्ता गर्न सकिने भएकोले अझै उजुरीको संख्यामा बृद्धि हुन सक्ने समेत शाहीले बताए ।
व्यक्तिगत स्वार्थपूतिका लागी समाजमा द्धन्द्ध सिर्जना गरिरहको व्यक्तिहरुलाई सचेत गराउनु पर्ने र सामाजिक द्धन्द्ध बढ्ने खतराप्रति सवै निकाय सजग रहुन पर्ने सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले बताए ।
समाजमा कायम रहेका सामाजिक विवादहरु समयमै किनारा नलगाए सामाजिक द्धन्द्ध सिर्जना हुन सक्ने सहभागीहरुले बताएका थिए ।












प्रतिक्रिया