काठमाडौं, १४ असार । नेपालको प्रविधिको विकाससँगै पछिल्ला केही वर्षमा थुप्रै नेपाली एप्सहरु मोबाइल फोनमा उपलब्ध भएका छन् ।
यसका साथसाथै एक अर्कासँगको प्रतिस्पर्धापनि निकै बढ्दो छ । विगत् केही वर्षमा थुप्रै विशेषताहरु समावेश गरेर बनाइएका एप्सहरु जस्तै हाम्रो पात्रो, नेपाली पात्रो आदिले निकै राम्रो गति पाएका छन् । यी एप्सहरुले मिति परिवर्तन गर्ने, राशिफल हेर्ने देखि लिएर समाचार पढ्ने सुविधाहरु एउटै एपमा समावेश गरी प्रयोगकर्ताहरुलाई सहजता प्रदान गरेका छन् ।
तर नेपालको प्रबिधिको माहोलले यस तरिकाका एप्सबाट बिस्तारै अलगिने प्रयास गर्दैछ । नेपालमा प्रायः अन्तराष्ट्रिय प्रविधि र प्राविधिक चलनहरु केही समयपछि मात्र प्रवेश गर्ने गर्दछ । यसलाई आधार मान्ने हो भने बिस्तारै नेपालमा पनि एप्सहरुमा सबै विशेषता एकै ठाउँमा राख्ने चलन लोप हुँदै जानेछ । कुनै एक विषयलाई विशेष ध्यान दिएर त्यस विषयलाई एकदमै गुणस्तरीय बनाउने प्रचलन विश्वमै बढ्दै गएको हुँदा नेपालमा पनि यो चलन छिट्टै प्रवेश गर्नेछ भन्ने मूल्याङ्कन गर्न सकिन्छ । अन्तराष्ट्रिय प्रविधिको क्षेत्रमा यसको उदाहरण धेरै ठाउँमा हेर्न सकिन्छ ।
फेसबुक एप्सले आफ्नो मेसेन्जर एप्सलाई फेसबुक एप्सबाट अलग गरी छुट्टै उपयोग गर्नुपर्ने बनाएको छ । यसैगरी फेसबुक पेजहरु र फेसबुक विज्ञापनका लागि छुट्टै एप्स बनाइएका छन् । यस्तै उदाहरणहरु गुगल माइक्रोसफ्ट र याहुमा पनि देख्न सकिन्छ । यसको मूख्य कारण हरेक विशेषतालाई गुणस्तरीय बनाउने नै हो ।
एउटा एपलाई विशेषता अनुसार टुक्राउँदा बन्ने नयाँ एप्सहरु गुणस्तरीय र बृहत् बनाउन सकिन्छ । जस्तै फेसबुक मेसेन्जरमा भएका विशेषता, भिडियो र अडियो कल गर्ने आदि, फेसबुक एपमै हुँदा फेसबुक एप प्रयोग गर्न निकै झन्झटिलो हुन्थ्यो । यसरी मेसेन्जरलाई टुक्राएर फेसबुकले मेसेन्जर एप्सलाई निकै गुणस्तरीय बनाउन सफल भएको छ ।
यस्ता उदाहरणहरुले नेपालको प्रविधिको दुनियामा पनि ठाउँ लिन थालेको छ । यसको एउटा उदाहरण हो ‘नयाँ न्यूज’ एप्स जसले समाचार पढ्ने तरिकालाई गुणस्तरीय बनाएको छ ।
समाचार पढ्ने विशेषता अरु एप्समा नभएका होइनन् । तर अरु थुप्रै विशेषताहरुले अव्यवस्थित भएका यी एप्सहरुले समाचार पढ्ने तरिकालाई गुणस्तरीय बनाउन अत्याधिक अनुसन्धान गर्ने छैनन् । हाम्रो पात्रोले केही फिचरहरु नयाँ न्यूजबाट प्रेरित भई राखेको छ । हाम्रो पात्रोले हालै नयाँ न्यूज एप्समा जस्तै ‘सम्बन्धित समाचार’ विशेषता राखेको छ र भविष्यमा अरु पनि थप्नेछ । तर नयाँ न्यूजको सान्दर्भिकता देशमा बढ्दै नै जानेछ किनकि यसले अन्तराष्ट्रिय चलन उपयोग गरी एक विषयलार्ई गुणस्तरीय बनाउने तर्फ ध्यान पु¥याएको छ ।
नयाँ न्यूज जस्तै एक विषयलाई गुणस्तरीय बनाउने सोचबाट अरु थुप्रै एप्सहरु अनलाइन राख्न थालिएका छन् । भविष्यमा विशेषज्ञतामा ध्यान दिने एप्सहरुले ठूलो स्थान पाउनेछन् भन्ने आइटी बिशेषग्यहरु बताउछन् ।













प्रतिक्रिया