काठमाडौं, १४ असार । मदन भण्डारी फाउण्डेसनले सञ्चालन गरेको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ बाट ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच पुर्याउने महावीर पुन र स्वदेशमा जटिल मानिएको मुटुको शल्यक्रियाको थालनीकर्ता डा भगवान् कोइरालालाई पुरस्कृत गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै जनालाई पुरस्तकृत गरिन् । विसं २०७१ र ०७२ को सो पुरस्कार जनही रु एक–एक लाखको छ ।
पुरस्कार कोषका संयोजक तथा एमालेका सचिव प्रदीप ज्ञवालीले समाजको विविध विधाका माध्यमबाट सकारात्मक परिवर्तनमा योगदान पुर्याउनेलाई पुस्कृत गरिँदै आएको जानकारी दिए ।
फाण्डेसनका अध्यक्ष उषाकिरण भण्डारीले जननेता भण्डारीका योगदानलाई चिरस्थायी गराउन र समाजमा सकारात्मक योगदान गर्नेलाई सम्मानित गर्न पुरस्कार सञ्चालन गर्दै आएको बताए ।













प्रतिक्रिया