संखुवासभा, १४ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले देशमा संकट भएको बेला कांग्रेस चुप लागेर बसेको आरोप लगाएका छन् ।
संखुवासभा सदरमुकाम खाँदबारीमा मंगलबार ६५औं मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राईले भारतले नाकाबन्दी गरेको बेला कांग्रेस चुप लागेर तमासा हेरेर बसेको अरोप लगाए ।
उनले अहिले पनि कांग्रेस संसदमा समेत रचनात्मक रुपमा प्रस्तुत नभएको आरोप लगाए । संविधान कार्यान्वयन गर्ने विषयमा कांग्रेसमाथि शंका उत्पन्न भएको भन्दै नयाँ सहमति गरेर अघि बढ्न समेत आग्रह गरे ।













प्रतिक्रिया