१९ कार्तिक २०८३, बिहिबार

विद्युत प्राधिकरणमा जागिर लगाइदिने भन्दै लाखौं ठगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Asutosh-kumar-karnaकाठमाडौं, १४ असार । विद्युत प्राधिकरणमा जागिर लगाइदिने भनि ठगी गर्ने धनुषा जनकपुर बस्ने सप्तरी राजविराज नगरपालिका–९ घर भएका आसुतोषकुमार आस (कर्ण)लाई काठमाडौं महानगरपालिका–१४ बल्खुबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सप्तरी घर हुने दिपेन्द्र यादवले जागिर खान फर्म भरेकोमा कर्णले आफू विद्युत प्राधिकरणको छैठौं तहको कर्मचारी भएको, रिजल्ट तयार गर्ने म नै हो र पास गराउने भए १० लाख रुपैयाँ चाहिन्छ भनि पीडितलाई विश्वास दिलापछि पीडितले पटक–पटक गरी १० लाख रुपैयाँ आसुतोषको नाममा आइएमई गरी पठाएको खुल्न आएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

रकम पठाएपछि आसुतोष सम्पर्क विहीन भएको भनि पीडितले महाशाखामा निवेदन दिएपछि अनुसन्धान गर्दै जाँदा महाशाखाको विशेष प्रहरी टोलीले उनलाई पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ ।