१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीले काँग्रेस र माओवादीका नेता कार्यकर्तालाई एमालेमा भित्र्याए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-welcome

प्रधानमन्त्री ओली मंगलबार आयोजित मदन भण्डारी स्मृति भवनको नाममा निर्मित नेकपा (एमाले) को ललितपुर जिल्ला पार्टी कार्यालय भवन उदघाटन समारोहमा नेकपा (एमाले)मा प्रवेश गरेकालाई स्वागत गर्नुहुँदै ।

काठमाडौँ, १४ असार । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न दलका नेता र कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याएका छन् ।

मदन भण्डारी स्मृति भवनको नाममा निर्मित एमालेको ललितपुर जिल्ला पार्टी कार्यालय भवन उद्घाटन समारोहमा ओलीले नेपाली काँग्रेस र विभिन्न माओवादी पार्टी छोडेर नेकपा (एमाले)मा प्रवेश गरेका ५० जनालाई स्वागत गरेको एमाले नेता रघुजी पन्तले जानकारी दिए ।

यसरी एमालेमा प्रवेश गर्नेमा कांग्रेस र माओवादीका थुप्रै जिल्ला नेता समेत रहेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीको भिजन र विकासप्रेमी भावनाले आफूहरु एमालेमा प्रवेश गरेको बताएका थिए ।

कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने महानुभावलाई सम्मान समेत गरिएको थियो ।

तस्बिरः रत्न श्रेष्ठ, रासस ।