सुर्खेत, १४ असार । हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भेरीगङगा नगरपालिका–३ स्थित ससुराको घरमा बस्दै आएका रुकुम घेत्मा–४ घर भएका ४१ बर्षीय तुलाराम थापालाई प्रहरीले १ थान कटुवा पेस्तोल र फ्युज जडान गरेको २ थान डेटोनेटरसहित पक्राउ गरेको हो ।
उनी बस्ने घरमा अबैध कटुवा पेस्तोल राखेको भन्ने सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट खटीएको प्रहरी टोलीले सोमबार घर खानतलासी गर्दा उक्त कटुवा पेस्तोल र डेटोनेटर बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया