१ कार्तिक २०८३, आइतबार

केरीद्वारा ब्रेक्जिट निर्णय कार्यान्वयनमा धैर्य रहन आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jon_keri_3055ब्रसेल्स, १४ असार । युरोप भ्रमणमा रहनु भएका अमेरिकी विदेशमन्त्री जोन केरीले युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रलाई आफ्नो धिरता नगुमाउन सोमबार आग्रह गर्नुभएको छ ।

बेलायत २८ सदस्यीय ईयू समूह राष्ट्रबाट बाहिरिने निर्णय लिएको अवस्थामा बाहिरिँदा प्राविधिक समस्यालाई हल गर्न आवश्यक हुने भएको हुँदा केही समय ईयूले बेलायतलाई यसका लागि धैर्य रहनुपर्ने केरीले बताउनुभएको हो ।

विदेशमन्त्री केरीले भन्नुभयो, मलाई लाग्छ यो सङ्क्रमणकालीन अवस्थामा कसैले पनि आफ्नो प्रतिष्ठा विपरित अधैर्य वा मूर्खता प्रदर्शन गर्नु हुँदैन । एएफपी