१९ कार्तिक २०८३, बिहिबार

सरकारी वार्ता प्रस्तावमा षड्यन्त्रको गन्ध : अध्यक्ष भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saradsing-Bhandariकाठमाडौं, १३ असार । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले वार्ताका लागि सरकार गम्भीर भएर आउनु पर्ने बताउनुभएको छ ।

पार्टीको चौथो वार्षिक स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष भण्डारीले संघीय गठबन्धन वार्ताका लागि तयार रहेको बताउनुभयो ।

उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सक्रियतामा गठन भएको संघीय गठबन्धन वार्ताका लागि सरकारलाई सजिलो होस् भनेर निर्माण गरिएको बताउनुभयो ।

‘सरकार वार्ताका लागि इमान्दार बन्नुपर्छ’, अध्यक्ष भण्डारीले भन्नुभयो, ‘मधेसका माग सम्बोधन गर्न वर्तमान सरकार इच्छुक छैन ।’

उहाँले राज्यको सुविधाका लागि संघीय गठबन्धनमार्फत आफूहरूले पटक पटक निकास खोज्न चाहे पनि सरकारले त्यसको सुनुवाइ नगरेको आरोप लगाउनुभयो ।

सरकारले वार्ताका नाममा संघीय गठबन्धभित्र विभाज ल्याउन खोजेको भण्डारीको आरोप थियो । ‘सरकारले संघीय गठबन्धनलाई कमजोर नठोस्’, उहाँले भन्नुभयो, ‘वार्ता र सम्वादका नाममा षड्यन्त्रको गन्ध आइरहेको छ ।’