१९ कार्तिक २०८३, बिहिबार

‘लाइसेन्स’ बनाइदिन्छु भन्दै २१ जनालाई ठग्ने वली पक्राउ

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakrau

पोखरा, १३ असार । सवारी अनुमति पत्र बनाइदिन्छु भन्दै ठगी गर्ने जाजरकोट जिल्लाको पुन्मा गाविस–५ घर भई हाल पोखरा ड्यामसाइड बस्दैआएका २९ वर्षीय पद्मबहादुर वलीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

यातायात व्यवस्था कार्यालय गण्डकीबाट परीक्षा नै नदिई ‘लाइसेन्स’ बनाइदिन्छु भनी विश्वासमा पारेर तनहुँ, कास्की र स्याङ्जाका २१ जना व्यक्तिबाट रु ८० हजार ठगी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले बताउनुभयो ।

पोखरामा जाजरकोट झिर हाउस सञ्चालन गर्दैआएका वलीको जिल्ला अदालत कास्कीबाट आजै ठगी मुद्दामा म्याद थप भई अनुसन्धान अघि बढेको छ । रासस