कञ्चनपुर, १३ असार । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ लैजाँदै गरेका तीन किशोरीको आज माइती नेपाल, कञ्चनपुरले उद्धार गरेको छ ।
सुर्खेतका दुई र कैलालीका एक किशोरीको सीमा नाकाबाट उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो ।
फूपू र दिदी नाता पर्ने दुई जनाले नक्कली आमा बनेर किशोरीहरुलाई भारततर्फ लैजाँदै गरेका बेला उद्धार गरेका हौँ, उहाँले भन्नुभयो – “सोधपुछका क्रममा किशोरीहरुलाई विद्यालयबाटै भगाएर भारततर्फ लगेको पत्ता लागेको छ ।” उद्धार गरिएका किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।
नक्कली आमा बनेर किशोरीलाई भारततर्फ लैजाने कार्यमा संलग्न दुई महिला प्रहरी नियन्त्रणमा रहेका छन् । रासस












प्रतिक्रिया