१९ कार्तिक २०८३, बिहिबार

बाढी प्रभावित क्षेत्रमा सिँचाइमन्त्रीद्वारा निरीक्षण

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Umesh-yadavराजविराज, १३ असार । पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण डुबानमा परेका सप्तरीका बाढी प्रभावित क्षेत्रमा सिँचाइमन्त्री उमेशकुमार यादवले स्थलगत निरीक्षण गर्नुभएको छ ।

लगातार परेको वर्षाले खाँडो, महुली, सुन्दरी र बलानलगायतका खोलामा आएको बाढीले सप्तरीका दर्जनौँ घर डुबान भएको बेला मन्त्री यादवले निरीक्षण गर्नुभयो ।

जिल्लाको लौनिया, हनुमाननगर, सकरपुरा, दिघवा, रम्पुरा मल्हनियाँ, गोबरगाढा, झल्ही, फर्सैठ, बेल्ही र तिलाठीलगायतका गाविसमा प्रत्येक व्यक्तिको घरघरमा पानी पसेका बेला मन्त्री यादवले स्थालगत निरीक्षण गर्नुभएको हो ।

मन्त्री यादवको गृह जिल्लासमेत रहेका उहाँले बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गर्ने क्रममा पीडितिले नदी नियन्त्रण, तटबन्ध निर्माण, बस्ती संरक्षण तथा खेतीयोग्य जग्गा कटान नियन्त्रणबारे ध्यानाकर्षण गराएका थिए ।

मन्त्री यादवले मर्मत सम्भारका लागि तत्काल गर्नुपर्ने कामलाई सम्बन्धित निकायमा निर्देशन दिइसकेको जानकारी दिनुभयो । यादवले बाढीबाट सचेत रहन सबैलाई आग्रहसमेत गर्नुभयो ।

मन्त्री यादवले भने सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापाको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको जानकारी दिँदै उक्त समितिमा पाँचवटै विकास क्षेत्रका प्रमुख जिल्ला अधिकारीले दैनिक रुपमा सूचना सङ्कलन गर्ने बताउनुभयो ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको समन्वयमा तत्काल राहत सहयोग जुटाउने मन्त्री यादवले प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस