१९ कार्तिक २०८३, बिहिबार

‘श्रीलङ्का-नेपाल सम्बन्ध अविस्मरणीय’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-vs-Sri-Lanka

काठमाडौँ, १२ असार । नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एम सेनेभिरहनाले श्रीलङ्का–नेपाल सम्बन्ध बैदिककालदेखि नै अत्यन्त सुमधुर रहेको चर्चा गर्दै पछिल्लो समयमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मार्फत अझ सुदृढ बनेको बताउनुभएको छ ।

नेपाल–श्रीलङ्का उद्योग वाणिज्य सङ्घको नवौँ वार्षिक साधरणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले आफ्नो देशले नेपालको चौतर्फी विकास चाहेको बताउनुभयो । उहाँले बुद्धको जन्मस्थल लुम्बिनी समस्त श्रीलङ्काका लागि पुण्यभूमि भएको चर्चा गर्दै धार्मिक पर्यटन प्रवद्र्धनमा श्रीलङ्काले योगदान गरिरहेको बताउनुभयो ।

साधारणसभाले रमेश महर्जनको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । रासस